रसीद आलम।पर्सा ,बिरगंज ,माघ २१।”मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” मुल नाराको साथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख अतिथित्वमा कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रममा बोल्दै आलमले भने “रक्त दान भनेको जीवन दान हो, हामी सम्पुर्ण नगर बासी हरुले एक ढिक्का भएर रक्त दानमा सहभागी हुन जरुरी छ । हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ। हाम्रो शरीरमा रहेको रगत तीन महिनामा खेर जान्छ । हामी प्रत्येक तीन महिनामा रगत दिन बानी बसालौ” ।
रक्तदान कार्यक्रममा रक्त दिने दाताहरु को उल्लेखनीय उपस्तिथी रहेको थियो। कार्यक्रमको विशिष्ठ अतिथीमा जिल्ला प्रहरी पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल साह,एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह , अतिथिहरु मा सामुदायिक सेवा छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई, वडा प्रहरी कार्यलाय बिर्ताका प्रहरी निरिक्षक विशाल मल्ल लगायतको उपस्तिथी रहेको थियो।
उक्त कार्यक्रममा रक्तदाता हरु लाई प्रमाणपत्र प्रमुख अतिथी को हातबाट वितरण गरिएको थियो । सामुदायिकका प्रतिनिधिहरुलाई प्रसंशापत्र समेत वितरण गरिएको थियो ।कार्यक्रमका सभापतित्व मिनाबजार सामुदायिकका अध्यक्ष वासुदेव सहनीले कार्यक्रमको समापन गरेका थिए ।
