रसीद आलम। बिरगंज ,माघ २१।अल मंसुर फाउण्डेसन र राईजिङ्ग बीरगंज नेपाल छपकैया-२ को विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बिरगंज मनपा वडा न.१६ स्थित इनर्वा प्रहरी चौकीको प्राङ्गणमा भारत पश्चिम चम्पारण नरकटीयागंज खरैइ वडा नं.१५ बस्ने एक बिपन्न गरिब परिवारलाई छोरीको बिबाहको लागी चाहिने भाडा कुडा सम्पुर्ण किचेन समाग्री बितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन ।
सो कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानी , प्रहरी चौकी इनर्वा भन्सारका प्र ब ना नि टेक बहादुर कार्की , प्रहरी चौकी इनर्वा गाउँका प्र स नि बल बहादुर लामाको आतिथ्यमा, प्र ब ह संतोष थापा , प्र ह भुवन न्यौपाने ,प्र स ह दिपक सिंह , क्षेत्र थापा ,सामुदायिक प्रहरी सेवाका प्र ह देवेन्द्र कुमार पटेल लगायतको उपस्थिती रहेको थियो ।
