दिल्लीको मेयरमा शैली ओबराय, केजरीवाले भने, ‘गुण्डागर्दी पराजय भयो’

बिदेश समाचार

नयाँ दिल्ली, १० फागुन । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।

 

यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।

 

मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् ।

 

रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ।

 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शेली ओबेरोयलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै  ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ उनले ओबराय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई बधाई समेत दिएका छन ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *