बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प, बझाङमा दर्जन बढी घरमा क्षति,भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु

धनगढी, १० माघ । सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन् ।  जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय […]

पुरा पढ़नुश

केवल व्यवसायीले बुझाए ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र।

काठमाडौं, माघ१०। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरुको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले मंगलबार मन्त्री लिङ्देनलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत उपस्थिति रहेका बेला महासंघको टोली सदस्यले बिजुली पोलभाडाको सम्बन्धमा प्राधिकरणले […]

पुरा पढ़नुश

अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ।

विराटनगर, १० माघ । मोरङ सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका प्रहरीले जनाएको छ । षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट […]

पुरा पढ़नुश

रामचन्द्र पौडेलले गरे राष्ट्रिय सहमतिका लागि आह्वान।

काठमाडौं, १० माघ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताए । विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय […]

पुरा पढ़नुश

‘गान्धी गोडसे एक युद्ध’का निर्देशक सन्तोषीलाई धम्की।

मुम्बई, १० माघ । यही जनवरी २६ मा निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘गान्धी गोडसे एक युद्ध’ रिलिज हुँदैछ । तर, रिलिज अघि नै फिल्ममाथि खतराको बादल मडारिन सुरु गरिसकेको छ । फिल्म रिलिज नजिकिएपछि फिल्मको प्रमोसनलाई पनि तिब्रता दिइएको छ । तर, त्यही प्रमोसन गर्न निर्माण पक्षलाई तनावको अवस्था छ । फिल्मलाई लिएर निर्देशक सन्तोषीलाई […]

पुरा पढ़नुश

बारामा एकैदिन पक्राउ परे ३३२ जना फरार प्रतिवादी।

  बारा, १० माघ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई  एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले […]

पुरा पढ़नुश

पबित्र पुस्तक कुरान जलाउने कार्यको स्वीडेनका प्रधानमन्त्रीले गरे निन्दा।

एजेन्सी स्टकहोम, ९ माघ स्वीडेनका प्रधानमन्त्रीले स्टकहोममा कुरान जलाउने गतिविधिको निन्दा गरेका छन् ।  उग्र दक्षिणपन्थी राजनीतिज्ञ रासमुस पालुदानले शनिबार स्विडेनको राजधानीस्थित टर्कीको दूतावास अगाडि मुस्लिम धर्मको पवित्र पुस्तकको प्रतिलिपिमा आगजनी गरेका थिए । ‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अंग हो । धेरैका लागि पवित्र पुस्तकहरू जलाउनु गहिरो अपमानजनक कार्य हो । म आज स्टकहोममा भएको घटनाबाट […]

पुरा पढ़नुश

क्रिकेटर मेहबुब र आदिललाई पक्राउ।

काठमाडौं, ९ माघ । क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् । स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई […]

पुरा पढ़नुश

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर।

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । ‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने […]

पुरा पढ़नुश

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन।

काठमाडौं, ९ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो । हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

पुरा पढ़नुश