काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना , बिरगंजबाट चार जना मोटरसाइकल चोर पक्राउ।

काठमाडौं, १३ पुस चोरीको मोटरसाइकलसहित काठमाडौंको बौद्धबाट मंगलबार दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका-४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौंको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् । वास्तविक नम्बर प्लेट प्रदेश […]

पुरा पढ़नुश

पहिलो भ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ पुस   प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।   आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले […]

पुरा पढ़नुश

धनुषामा काकीको हत्या आरोपमा भतिजा पक्राउ

  जनकपुरधाम, १२ पुस धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टि बस्ने ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनका १४ महिनाको छोरा घाइते भएको प्रहरीले जानकारी पाएको थियो । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै […]

पुरा पढ़नुश

भाटभटेनीलाई साढे दुई लाख जरिवाना

काठमाडौं, १२ पुस बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी […]

पुरा पढ़नुश

टिपरको ठक्करबाट एक ३५ बर्षको युवक घाइते ।

बिरगंज, पुस ११, रसीद आलम । बिरगंज .म.न.पा. वडा नं.१६ मितेरी पुलको पूर्वपट्टी नेपाल भारतको सिमानाकाको नेपाल तर्फको भागको कोइला डिपो भएको स्थानमा अ.१.२०बजेको समयमा  जिल्ला पर्सा  वि.म.न.पा वडा न. १० मा बस्ने बावुराम पण्डितको छोरा वर्ष अं.बर्ष  ५२ को छोटेलाल पण्डित‌ले चलाएको ना ३ख ९२४१ नं को कोइला बोकेको लोड टिपरले भारतको अहिर्वाटोला कस्टम […]

पुरा पढ़नुश

अस्ट्रियामा हिमपहिरोमा १० जना पयर्टक पुरिए

एजेन्सी भियन, ११ पुस पश्चिमी अस्ट्रियाको लेच–जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । ‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ  । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको […]

पुरा पढ़नुश

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  कञ्चनपुर, ११ पुस कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका […]

पुरा पढ़नुश

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा

बुटवल, पुस ११ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडाैँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ। सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा […]

पुरा पढ़नुश

चीनको यो सहरमा दैनिक १ लाख कोभिड संक्रमित

एजेन्सी बेइजिङ, ११ पुस चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग लडिरहेको छ । यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतवार जनाएको छ । संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ […]

पुरा पढ़नुश

गैँडाकोटका तीन शिक्षक पक्राउ, यस्तो छ कारण

  रसीद आलम। पूर्वी नवलपरासी, ११ पुस विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् । उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका […]

पुरा पढ़नुश