टिपरको ठक्करबाट एक ३५ बर्षको युवक घाइते ।

समाचार
बिरगंज, पुस ११, रसीद आलम ।
बिरगंज .म.न.पा. वडा नं.१६ मितेरी पुलको पूर्वपट्टी नेपाल भारतको सिमानाकाको नेपाल तर्फको भागको कोइला डिपो भएको स्थानमा अ.१.२०बजेको समयमा  जिल्ला पर्सा  वि.म.न.पा वडा न. १० मा बस्ने बावुराम पण्डितको छोरा वर्ष अं.बर्ष  ५२ को छोटेलाल पण्डित‌ले चलाएको ना ३ख ९२४१ नं को कोइला बोकेको लोड टिपरले भारतको अहिर्वाटोला कस्टम नजिक बस्ने वर्ष  ३५ को बुलेट यादवलाई ठक्कर दिई सख्त घाइते बनाएको ईनर्वा प्रहरी चौकीका प्र.व.ना.नि. टेक वहादुर कार्कीले जानकारी गराएका छन ।
घाइते यादवको दाहिने हात‌को पाखुराको भागमा चोट लागेको, अन्य अवस्था सामान्य रहेको निज धाइते नारायणी अस्पतालमा उपचार भइरहेको छ।
चालक र टिपर प्रहरी चौकी इनर्वाको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको कार्कीले बताएका छन ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *