पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि…

एजेन्सी इस्लामाबाद, २ पुस भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ । मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, […]

पुरा पढ़नुश

नेपाल आयल निगमले घटायो इन्धनको मूल्य।

रसीद आलम। काठमाडौं, १ पुस नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो […]

पुरा पढ़नुश

यसरी लिन्छन् सांसदले शपथ।

काठमाडौं, १ पुस नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर पनि सार्वजनिक गरेको छ । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ  । […]

पुरा पढ़नुश

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ।

रसीद आलम। काठमाडौं, १ पुस । कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार-१ घर भई हाल काठमाडौं-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद […]

पुरा पढ़नुश

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो।

रसीद आलम। पोखरा, १ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ । तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् […]

पुरा पढ़नुश

गाडीको प्रदूषण जाँचका लागि छड्के गर्दै वातावरण विभाग, फेल भए एक लाखसम्म जरिवाना।

रसीद आलम । काठमाडौं, १ पुस वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ । यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै आइएको थियो । तर, आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म […]

पुरा पढ़नुश

सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीलाई कालोसूचीमा राख्यो।

रसीद आलम। काठमाडौं, २९ मंसिर सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको आज सार्वजनिक सूचना मार्फत जनाइएको छ ।  कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन  पाउने छैनन् […]

पुरा पढ़नुश

यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम।

आज सन् २०२२ को १५ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः चीनलाई अमेरिकी मान्यता सन् १९७८ मा अमेरिकाले चीनलाई मान्यता दिएको थियो । जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रसंघले सन् १९७९ को १ जनवरीदेखि […]

पुरा पढ़नुश

फ्रान्स फाइनलमा, मोरक्कोको सपना सकियो।

रसीद आलम। काठमाडौं, २९ मंसिर मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स फिफाविश्वकप २०२२ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान लुसेल मैदानमा भएको खेलमा जितसँगै उपाधिका लागि फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने भएको छ । बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ । पहिलो […]

पुरा पढ़नुश

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै आयोग।

काठमाडौं, २९ मंसिर निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ ।  प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट […]

पुरा पढ़नुश