अर्जेन्टिना बन्यो विश्वकप विजेता।

रसीद आलम। काठमाडौं, ३ पुस लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित […]

पुरा पढ़नुश

सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

रसीद आलम। काठमाडौं, ३ पुस राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत […]

पुरा पढ़नुश

सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादीको निर्णय।

काठमाडौं, ३ पुस सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए । उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् […]

पुरा पढ़नुश

गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक।

पोखरा, ३ पुस संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्नेछन् । त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ । प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ । २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो । त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ । प्रदेश सभाको पहिलो बैठक […]

पुरा पढ़नुश

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर।

रसीद आलम। काठमाडौं, ३ पुस लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ । कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ । नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स दुबै […]

पुरा पढ़नुश

हस्ताक्षर किर्ते गरेको आरोपमा मट्टिहानी मन्दिरका महन्त पक्राउ

महोत्तरी, ३ पुस सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन् । मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैकबाट उक्त रकम निकालेको उनीमाथि आरोप छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी […]

पुरा पढ़नुश

मोदी र पुटिनबीच के विषयमा छलफल भयो ?

एजेन्सी नयााँ दिल्ली, २ पुस रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो । टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको थियो । युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिलाई जोड दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । फेब्रुवरी […]

पुरा पढ़नुश

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत।

बर्दिया, २ पुस बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]

पुरा पढ़नुश

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने,अबको प्रधानमन्त्री पनि कांग्रेसले दाबी गर्नु स्वभाविक : महत

रसीद आलम। काठमाडौं, २ पुस नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ […]

पुरा पढ़नुश

बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु

एजेन्सी क्वालालम्पुर, २ पुस मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु  पालमा सुतिरहेका थिए । सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए । […]

पुरा पढ़नुश