अवैध मदिरा बोकेको गाडीसहित दुई जना पक्राउ।

रसीद आलम। महोत्तरी, २७ मंसिर महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करिब नौ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह […]

पुरा पढ़नुश

पर्साबाट साढे तीन सय किलो गाँजासहित ट्रक नियन्त्रण।

रसीद आलम। पर्सा, २७ मंसिर ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब तीन सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना४ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग […]

पुरा पढ़नुश

भूमि आयोगले फेरि लालपूर्जा वितरण गर्न थाले।

रसीद आलम काठमाडौं, २७ मंसिर निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ । आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ। ४ मंसिरमा भएको आमनिर्वाचनका लागि […]

पुरा पढ़नुश

अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्यो, २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

एजेन्सी सिड्नी, २७ मंसिर अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो । सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो । […]

पुरा पढ़नुश

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश।

काठमाडौं, २६ मंसिर रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष […]

पुरा पढ़नुश

सरकारको अध्यादेश ल्याउने निर्णयप्रति कांग्रेस उपसभापति गुरुङ पनि असन्तुष्ट

रसीद आलम। काठमाडौं, २६ मंसिर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेरहेको बेला कांग्रेस उपसभापति गुरुङले असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति […]

पुरा पढ़नुश

लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ।

रसीद आलम । धनगढी, २६ मंसिर कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो । लागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र […]

पुरा पढ़नुश

अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण गर्दै

एजेन्सी न्युयोर्क, २६ मंसिर अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको पछिल्लो वार्तापछि अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको छ । विदेशमन्त्रालयको विज्ञप्तिअनुसार पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक विदेश मन्त्री  डेनियल क्रिटेनब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गरले डिसेम्बर […]

पुरा पढ़नुश

अन्त:शुल्क स्टिकर अभावमा जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले बल्ल लगायो ठेक्का।

रसीद आलम। काठमाडौं, २६ मंसिर अदालतमा मुद्दामामिला झेलेको अवस्थामा  मदिरा तथा चुरोटमा टाँसिने अन्त:शुल्क स्टिकर नै अभाव भएपछि अर्थ मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई स्टिकर छाप्न आग्रह गरेको थियो । गत वर्ष पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माले पनौतीस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रेसको निरिक्षण गर्दै यस्तो आग्रह गरेका थिए । यता आन्तरिक […]

पुरा पढ़नुश

एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलकाे आपत्ति

काठमाडौं, २५ मंसिर । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् । ढकाललाई सा‌ंसदमा […]

पुरा पढ़नुश