सुर्खेतको पञ्चपुरीमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ।

रसीद आलम । सुर्खेत, २० मंसिर सुर्खेतमा आफ्नै श्रीमतीको टाउँको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । […]

पुरा पढ़नुश

जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौं : कांग्रेस महामन्त्री शर्मा।

झापा, २० मंसिर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौं पुगेर त्यसको पेश्की भूमिका […]

पुरा पढ़नुश

सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

काठमाडौं, २० मंसिर समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । कांग्रेसले २७ […]

पुरा पढ़नुश

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला।

अर्घाखाँची, २० मंसिर अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक […]

पुरा पढ़नुश

प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो।

रसीद आलम। मधेस प्रदेश , २० मंसिर प्रदेशसभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ । मधेशमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी […]

पुरा पढ़नुश

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ।

रसीद आलम । मधेस प्रदेश , २० मंसिर । जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका – २ का २० वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका – ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ […]

पुरा पढ़नुश

तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते।

रसीद आलम । काठमाडौं, २० मंसिर । काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो […]

पुरा पढ़नुश

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ।

रसीद आलम । काठमाडौं, २० मंसिर नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी […]

पुरा पढ़नुश

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

काठमाडौं, २० मंसिर निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपमा आएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम […]

पुरा पढ़नुश

पुलबाट ट्रक खस्दा चालकको मृत्यु

काठमाडौं, २० मंसिर पुलबाट ट्रक खस्दा चालकको मृत्यु भएको छ । मंगलबार मुग्लिनबाट नारायणगढका लागि छुटेको बा२ख ७४६२ नम्बरको खाली ट्रक पुलमुनि खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मृत्यु हुनेमा ट्रक चालक धादिङका सन्तबहादुर राई हुन् । उक्त ट्रक नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट तल खसको थियो । […]

पुरा पढ़नुश