उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

काठमाडौं, २९ फागुन । जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए । जवाफमा […]

पुरा पढ़नुश

शिक्षालाई जीवनउपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् ।   शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम […]

पुरा पढ़नुश

ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २८ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन् ।   आइतबार दिउँसो काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा […]

पुरा पढ़नुश

कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष पक्राउ

बारा, २७ फागुन कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् । रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए । राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली […]

पुरा पढ़नुश

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले […]

पुरा पढ़नुश

उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

काठमाडौं, २७ फागुन जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादवले उपराष्यट्रपतिका लागि उम्मेदवारी दिएका हुन् । उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपतिको मनोनयन दर्ता गराएका छन् । नेता रामसहायको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप […]

पुरा पढ़नुश

केही दिनमा समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री

काठमाडौं, २७ फागुन प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति […]

पुरा पढ़नुश

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

काठमाडौं, २७ फागुन नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् । संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार […]

पुरा पढ़नुश

उपराष्ट्रपति निर्वाचन: आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

काठमाडौं, २७ फागुन । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।   जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।   आज बिहान ९ बजे देखी २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा अग्राधिकारसहित कारण देखाउ आदेश जारी

काठमाडौं, २७ फागुन । सर्वाेच्च अदालतले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।   माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए । उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती […]

पुरा पढ़नुश