कांग्रेसले शुरु गर्यो मिसन रोजगार अभियान

काठमाडौँ ,२६ फागुन । नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ । विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा हामी सक्छौँ भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे । मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका […]

पुरा पढ़नुश

ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

काठमाडौँ,२६ फागुन  । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतबार पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो  प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली  राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो […]

पुरा पढ़नुश

कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

काठमाडौं,२६ फागुन  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् । ‘आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाईएको हो […]

पुरा पढ़नुश

गाैरमा अमेरश सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी

सञ्जय मिश्रा रौतहट २५ फागुन। रौतहटको सदरमुकाम गौरमा गौर राइस मिलको बिषय लिएर दुई पक्षबिच तनावको अवस्था बन्दै गएको छ।   राइस मिलको जग्गा अधिग्रहण गर्ने पक्षका नेताहरु र भागबण्डाको सहमती गरेका गौर नगरपालिकाका मेयर शम्भु साह समर्थकहरू बीच जुहारी चलिरहेको छ। दुबैपक्ष बिहानै देखी सडक तताउनुका साथै एक अर्का विरुद्द अपशब्द ,चुनौती दिंदै सामाजिक सञ्जाल […]

पुरा पढ़नुश

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ- मन्त्री यादव

मोरङ,२५ फागुन  । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् । आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य […]

पुरा पढ़नुश

वीरगन्जमा राप्रपाको आमसभा, फिल्म निर्माता श्रीवास्तवसहित सयौं नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश

वीरगन्ज, फागुन २५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार वीरगन्जको लालबंगलामा आमसभाको आयोजना गरेको छ। राजा सहितको हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुख्य एजेन्डासहित देशभर सभा गर्दै आएको राप्रपाले वीरगन्जमा भव्य आमसभा सम्पन्न गरेको हो। आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरूले सम्बोधन गरे। सभाका क्रममा अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक दलहरूले देशको युवालाई आत्मनिर्भर बनाउन […]

पुरा पढ़नुश

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ ,२५ फागुन । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौँ आउन लागेका छन् । यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन […]

पुरा पढ़नुश

राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित

काठमाडौं ,२४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ ।  पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको भन्दै माओवादी केन्द्रले अभियान स्थगित गरेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन् । […]

पुरा पढ़नुश

गणतन्त्रको रक्षा गर्नु सरकारको कर्तव्य हो:प्रधानमन्त्री ओली

सुर्खेत,२४ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गरेका छन् । कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले […]

पुरा पढ़नुश

राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर कोइराला

काठमाडौं ,२४ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या […]

पुरा पढ़नुश