मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

काठमाडौं, ८ मंसिर । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।   नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।   मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन […]

पुरा पढ़नुश

नेपाली कांग्रेस पर्साद्वारा महिला क्रिकेटर साना परवीनको सम्मान

रसीद आलम,बिरगंज, ८ मंसिर नेपाली महिला यु-१९ क्रिकेट टोलीकी खेलाडी साना परवीनलाई नेपाली कांग्रेस पर्साले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। विशेष रूपमा फाइनल खेलमा प्रभावशाली भूमिका निर्वाह गरेकाले कांग्रेसले उनको योगदानलाई कदर गरेको हो। नेपाली कांग्रेसका नेता शहाबुद्दीन अन्सारीले परवीनलाई बिरगंजस्थित कांग्रेस पार्टी कार्यालयमा आमन्त्रण गरी सम्मान गरे। उनले परवीनको […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा लागु औषध गाँजा सहित एकजना भारतीय नागरिक पक्राउ।

पर्सा, ८ मंसिर। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी ईनर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा ६५ वर्षीय भारत विहार गोपालगञ्ज निवासी गोगल महतो नुनियालाई ७ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। महतोले कालो रंगको प्लास्टिकको झोलाभित्र लुकाएर भारततर्फ […]

पुरा पढ़नुश

एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह

काठमाडौं ,७ मंसिर । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बुद्धिराज गुरूङ र केदार ढकालले दर्ज्यानी चिन्ह पाएका हुन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गरे। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी […]

पुरा पढ़नुश

वीरगञ्जमा बिर्ता प्रहरीका ईन्सपेक्टर चौलागाईंको कमान्डमा लागुऔषध गाँजासहित ३ जना पक्राउ।

रसीद आलम,बिरगंज ,७ मंसिर । वीरगञ्ज महानगरपालिका-१६ स्थित बाइपास सडकखण्डमा विशेष सूचनाको आधारमा गरिएको अपरेशनमा लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ना. ४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकबाट ८५ केजी गाँजा बरामद गरेको हो। प्रहरीले […]

पुरा पढ़नुश

‘जलवायुजन्य मुद्दामा मिडियाको प्रभावकारिता बढाऔं’

बाकु,७ मंसिर  । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ। मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञले जोडदिएका हुन्। बिहीबार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ : जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वब्यापी बनाउन आग्रह गरिएको छ। कार्यक्रममा वन तथा वातावरण […]

पुरा पढ़नुश

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखरा,७ मंसिर  । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्। पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन दुई सय २२ गरी जम्मा छ सय ६२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। घिमिरेविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी […]

पुरा पढ़नुश

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

महेन्द्रनगर,६ मंसिर  । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन्। ‘चुनाव लड्दा हामी आफ्नो पार्टीको झण्डा लिएर जान्छौं,’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ।’ उनले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था […]

पुरा पढ़नुश

उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा

काठमाडौं,६ मंसिर  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारतलगायत देशमा यही व्यवस्था रहको स्मरण गर्दै उक्त कुरा बताएका हुन्। ‘संविधान संशोधन किन भनिरहेका छन्। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो […]

पुरा पढ़नुश

बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

काठमाडौं ,४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

पुरा पढ़नुश