प्रहरी चौकी ईनर्वाद्वारा लागु औषध गाँजा सहित एकजना भारतीय नागरिक पक्राउ।

बिदेश राजनीति समाचार

पर्सा, ८ मंसिर।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी ईनर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा ६५ वर्षीय भारत विहार गोपालगञ्ज निवासी गोगल महतो नुनियालाई ७ किलोग्राम गाँजासहित पक्राउ गरेको हो।

महतोले कालो रंगको प्लास्टिकको झोलाभित्र लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन् ।

पक्राउ विवरण
अभियुक्त: गोगल महतो नुनिया
उमेर: ६५ वर्ष
ठेगाना: भारत, विहार, गोपालगञ्ज
पक्राउ मिति: २०८१।०८।०६
बरामद लागू औषध: ७ केजी गाँजा

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *