राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन ।   नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन ।   यसरी मतदान गर्नेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]

पुरा पढ़नुश

मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ’

काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना  सकियो भन्न नसकिने बताएका छन् ।   अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।   ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर […]

पुरा पढ़नुश

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ

काठमाडौं, २५ फागुन । मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी छ । राष्ट्रपतिका उम्मेदवारद्धय ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।   बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे […]

पुरा पढ़नुश

पौडेल र नेम्बाङले एकै ठाउँमा उभिएर एकअर्कालाई शुभकामना दिए

काठमाडौं, २५ फागुन । राष्ट्रपतिका उम्मेदवारद्धय नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले बिजयका लागि एक अर्कालाई शुभकामना दिएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा सहभागी हुन पुगेका पौडेल र नेम्वाङले एकै ठाउँमा उभिएर लोकतन्त्र र संविधान निमार्णका लागि एक अर्काले गरेको योगदानको प्रशंशा गर्दै बिजयका लागि शुभकामना दिएका हुन् […]

पुरा पढ़नुश

प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।   अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो  ।   प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी […]

पुरा पढ़नुश

योगेश भट्टराईले भने, ‘प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन ।

काठमाडौं, २५ फागुन । नेकपा एमालेका सांसद नेता योगेश भट्टराईले गठबन्धन छाडेर हिडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताएका छन ।   राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको […]

पुरा पढ़नुश

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

भक्तपुर, २५ फागुन । राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदानमा सहभागी नहुने भएको छ ।   पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हाे ।   पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान […]

पुरा पढ़नुश

राष्ट्रपति निर्वाचनको तयारी पूरा

काठमाडौं, २४ फागुन । बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने […]

पुरा पढ़नुश

राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने

  काठमाडौं, २४ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए । आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए । भोलि राष्ट्रपतिका […]

पुरा पढ़नुश

महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे

भक्तपुर, २४ फागुन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् । बुधबारसूर्यविनायक नगरपालिका–७ गुन्डु स्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, […]

पुरा पढ़नुश