शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

काठमाडौं, २३ फागुन । माओवादी घटक दलले शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेका छन् । माओवादी द्वन्द्वकालीन घटनामा ज्यान गुमाएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई आधारमा मानेर उनीविरुद्ध फौजदारी मुद्दा सर्वाेच्च अदालतमा दर्ता हुन लागेपछि माओवादी घटक दलको उक्त धारणा […]

पुरा पढ़नुश

झलनाथ भेटन पुगे रामचन्द्र

काठमाडौं, २२ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन ।   राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग आज विहान भेट गरेर आफनो पक्षमा […]

पुरा पढ़नुश

राष्ट्रपति निर्वाचनः आज राती १२ बजे देखी मौन अबधि सुरु

काठमाडाैं, २२ फागुन ।  राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ।   आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो ।   निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार […]

पुरा पढ़नुश

प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आयो, द्वन्दपीडितलाई न्यायिक प्रकियामा जान रोक्न नहुने तर्क

  काठमाडौं, २२ फागुन प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध रिट दर्ता गर्न दिइएको सर्वोच्च अदालतको आदेशमा द्वन्द्वपीडितले न्याय पाउनुपर्ने विषय अनन्तकालसम्म अल्झाइ राख्न नहुने उल्लेख गरिएको छ । माओवादी अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको नैतिक जिम्मेवारीले आफूले लिने बताएका थिए । त्यसैलाई आधार […]

पुरा पढ़नुश

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नौ दलको निर्णय

  काठमाडौं, २२ फागुन सत्ता गठवन्धन आवद्ध नौ दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ । नौ दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायको विषयमा अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले द्वन्द्वकालीन घटनाका समस्या समाधान गर्ने विषय देशकै साझा एजेण्डा भएको […]

पुरा पढ़नुश

बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन

काठमाडौं, २२ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन ।   सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन ।   ‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट अभिव्यक्ति स्वतन्त्रताविरुद्ध : माओवादी केन्द्र

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा माओवादी युद्धकालको विषयलाई लिएर दर्ता हुन लागेको रिट अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताएको छ । माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई आधारमा मानेर सर्वाेच्च अदालतमा फौजदारी मुद्दा दर्ता गर्ने कार्य अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको माओवादी […]

पुरा पढ़नुश

प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई

काठमाडौं, २१ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनमाथि आक्रमण भएको बताएका छन् ।   काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि […]

पुरा पढ़नुश

पूर्वमाओवादीहरु एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं, २१ फागुन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु कमजोर हुने दाबी गरे । डा. […]

पुरा पढ़नुश

सत्ता साझेदारको बैठक ४ बजे

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ ।   प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   फागुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रीमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।

पुरा पढ़नुश