बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने

लन्डन ,२१ असार । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टीले ठूलो जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि ऐतिहासिक जितका साथ सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ । जसमा लेबर पार्टीले अहिलेसम्म ३८० सिटमा जित हासिल गरिसकेको छ ।  त्यस्तै […]

पुरा पढ़नुश

हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

लन्डन ,२१ असार  । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने […]

पुरा पढ़नुश

बेलायतमा आज आम निर्वाचन, १४ बर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण

लन्डन ,२० असार  । बेलायत आज आम चुनाव हुदै छ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ । बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा […]

पुरा पढ़नुश

उत्तर प्रदेशको हाथरसमा सत्संगमा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु

भारत ,१९ असार  । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको मृत्यु भएको छ । भारतीय मिडियाहरुले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन् । हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा […]

पुरा पढ़नुश

लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

भारत ,१५ असार । भारतको लद्दाखको सीमा रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ । शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासी बढेको थियो । दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए […]

पुरा पढ़नुश

पहिलो राष्ट्रपति बहसमा आमने सामने भए बाइडेन-ट्रम्प   

अमेरिका ,१४ असार । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ । यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् । सिएनएनले आयोजना गरेको यो टिभी […]

पुरा पढ़नुश

केन्यामा कर बढाएको विरोधमा संसद भवनमा आक्रमण

काठमाडौँ,१२ असार  । पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन शुरु भएपछि यसले उग्र रुप लिएको […]

पुरा पढ़नुश

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो

पटना ,९ असार । भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरुले जनाएका छन् । ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन […]

पुरा पढ़नुश

हिन्दुजा परिवारका चार सदस्यमाथि नोकर शोषण गरेको आरोपमा जेल सजाय

काठमाडौँ,९ असार  । स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ । प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी […]

पुरा पढ़नुश

ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु

काठमाडौँ ,९ असार । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।  एक पोडकास्टमा ट्रम्पले यो कदमले यीदेशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिने बताएका छन् । ट्रम्पलाई उनको आफ्नो सरकार गठन भएमा टेक कम्पनीहरूलाई विदेशी प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा राख्न के गर्नु हुन्छ भनेर सोधिएको […]

पुरा पढ़नुश