मक्का पुगेका ५७७ हज यात्रीको गर्मीका कारण मृत्यु

काठमाडौँ ,६ असार । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष यो संख्या २४० थियो । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। द गार्डियनको रिपोर्टका अनुसार मारिनेमा ३२३ इजिप्टका र ६० जना जोर्डनका नागरिक थिए […]

पुरा पढ़नुश

दार्जिलिङमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो

भारत ,४ असार  । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको […]

पुरा पढ़नुश

दुविधामा राहुल गान्धी

भारत ,३२ जेठ  । भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ । बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसदमा कुन सीटलाई प्रतिनिधित्व गर्ने भन्ने ‘दुविधामा’ थिए । उनले भने, “यसको जवाफ म बाहेक सबैलाई […]

पुरा पढ़नुश

बेवारिसे अवस्थामा शव फेला ।

रक्सौल ,३१ जेठ । बेवारिसे अवस्थामा एक शव फेला परेको छ।भारतको बिहार पुर्वी चम्पारण रक्सौलमा अन्दाजी ३०/३२ वर्षीय एक पुरुषको शव भारतीय प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ। शव बरामद गरि पोस्टमार्टमका लागि मोतिहारी पठाईएको रक्सौल थानाका प्रभारी ईन्सपेक्टर राजिव नन्दन सिन्हाले जनाएका छन् । शवको अहिलेसम्म पहिचान खुलेको छैन । शवलाई चिनिनेले वा पहिचान […]

पुरा पढ़नुश

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

भारत ,३१ जेठ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् ।  फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ । अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट […]

पुरा पढ़नुश

भारतले तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्दै

दिल्ली , ३१ जेठ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् । द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन गर्न लागेको छ । भारतीय सेनाले चाँडै नै स्थानहरूको सूची सहित चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) को […]

पुरा पढ़नुश

दुबईको महत्वाकांक्षी परियोजना द वर्ल्डलाई के भयो ?

काठमाडौँ ,३० जेठ । पछिल्लो दशक वा सोभन्दा बढी समयदेखि, दुबईले आफ्ना मेगा प्रोजेक्टहरूका साथ विश्वलाई चकित पार्दै आएको छ । संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा होस्, संसारको सबैभन्दा स्मार्ट होटल बुर्ज अल अरब होस् वा दुबईको समुद्र तट नजिकै विकसित कृत्रिम पाम आइल्याण्ड होस् । तर, दुबईमा एउटा अर्बौं डलरको योजना भने अलपत्र […]

पुरा पढ़नुश

टर्ब्युलेन्समा घाइते भएकालाई सिङ्गापुर एयरलाइन्सले क्षतिपुर्ति दिने

काठमाडौँ,३० जेठ  । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्स घाइते भएकाहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर दिने प्रस्ताव गरेको हो । सिंगापुर एयरलाइन्सले भनेको छ – ‘गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइनेछ । कुनै विशेष मुद्दामा पनि थप छलफल गरिनेछ […]

पुरा पढ़नुश

भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

दिल्ली ,२९ जेठ  । भारतमा लोकसभाको निर्वाचन सकिएको छ र नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल समेत शुरु गरेका छन् । यसैबीच यस निर्वाचनमा एक मात्र श्रीमान श्रीमतीको जोडी संसदमा निवाचित भएको छ । भारतको उत्तर प्रदेशबाट समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र डिम्पल यादवको जोडी भारतीय लोकसभामा एक मात्र पति-पत्नीको जोडीको रुपमा लोकसभामा पुगेको छ […]

पुरा पढ़नुश

फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा

काठमाडौँ,२८ जेठ  । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन् । दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग […]

पुरा पढ़नुश