कार्तिक २४ झापा, आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ ।