रसीद आलम कार्तिक ३०बिरगंज । सशस्त्र प्रहरी टोलीले सर्लाहीको मलंगवा नपा-११ गम्हरीया स्थित गंगा पेट्रोल पम्पमा बेवारीस अवस्थामा रोकी राखेको वागमती प्रदेश- ३०१/००६ ख १७०४ नम्बरको ६ चक्के टाटा ” ट्रकमा बाहिर ८० कार्टून पानी भित्र लुकाइ छिपाइ भारत तर्फ लैजान लागेको प्रतिबन्धित गांजा १४ पोका अंदाजी एक क्विंटल ४० किलोसहितको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो।
उक्त प्रतिबन्धित गांजा थप कार्वाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिएका छन ।