११ लाख भन्दा बढी ठगी गर्ने पक्राउ: प्रहरी ।

सूचनाप्रविधि
मंसिर ३ काठमाडौं, बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलक बहादुर बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका संचालक समेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिषा उपलब्ध गराउने भन्दै प्रलोभन देखाई पटक पटक गरी उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट गएको प्रहरीले निजलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट अनुमति समेत नलिई संचालन गरेको पाइएको छ ।
उनी उपर ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । 
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *