भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने

अन्तरबार्ता

भैरहवा, १४ मंसिर  । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन्।

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४०औँ स्थापना दिवसको अवसरमा  पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै प्रवृद्धि तथा आवश्यकताअनुसार बदल्दै लैजानु पर्ने बताए । उनले विकासको फड्कोसँगै यसलाई स्तरबृद्धि गर्दै लानुपर्ने कुरामा नेत्र ज्योती संघ पछि नपर्ने बताउदै अत्याधुनिक मोर्डन अस्पतालको रुपमा आधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन यथासिघ्र शुभारम्भ गर्नुपर्ने बताए ।

‘जनशक्ति र उपकरण ल्याउने कुरामा हामी पछि पर्दैनाैँ, सुरुवात गरौँ, यसलाई नमुना अस्पतालको रुपमा बनाउने संकल्प लिएर । उपचार नपाएर कोही दृष्टिविहीन नहोस् भन्ने हाम्रो मुख्य ध्येय छ,’ अध्यक्ष पन्तले भने ।

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल रुपन्देहीले ३७ जनालाई विभिन्न अवार्ड र पदकबाट सम्मान गरेको छ ।

४० औ स्थापना दिवसमाको अवसरमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरु मध्ये २७ जनालाई दीर्घ सेवा पदक, ४ जनालाई उत्कृष्ट कर्मचारी अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई विभिन्न पदकले सम्मान गरेको थियो ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *