एस.बाबा प्रिन्टिङ्ग एन्ड प्याकेजिङ्ग इन्डस्टिरिजमा भीषण आगलागी ।

समाचार
बिरगंज , ६ पुस।  बिन्दवासनि गा पा वडा नं. २ गर्दौल गाउ मा रहेको एस बाबा प्रिन्टिङ्ग एन्ड प्याकेजिङ्ग इन्डस्टिरिजमा गए राती ११:२५ मा भीषण आगलागी भएको छ ।
सर्टसर्किटका कारणले गर्दा सो भीषण आगलागी भएको  आशान्का गरिएको हो । आगो नियन्त्रण को लागी पर्सा तथा बारा जिल्ला का करिब १२ वटा बरुन्यन्त्र,स्थानीय सुरक्षाकर्मि र स्थानीयहरुको सहयोगमा  मिलेर ३ घण्टा सम्म लगातार मिहिनेत  गरेर  आगो नियन्त्रण गरेकोे थियो। 
सो आगलागीका कारण  प्याकेजिङ्ग इन्डस्टिरिजका सम्पूर्ण मेसिन तथा  माल समान जलेर पुर्ण रुपले नस्ट भएको र कुनै प्रकारको  मानवीय क्षति नभएको जानकारी हाम्रा  सम्वादाता सद्दाम हुस्सैनले दिएका छन ।थप विवरण आउन बाकी रहेको छ ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *