काठमाडौं, ९ पुस
सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक केही बेरअघि सुरु भए पनि निष्कर्षमा पुगन सकेनन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ । सो अगाबै ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो ।
गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेका बेला गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनलको भनाइ छ ।
उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।
