काश्मिरमा भेटियो संसारकै तेस्रो ठुलो लिथियम भण्डार।

बिदेश समाचार

काठमाडौं, २८ माघ । भारतको जम्मु काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेको  छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डारण भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

 

काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अष्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमा लागि भारत दोस्रो देशमा निर्भर रहदैँ आएको थियो, यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

 

लिथिएम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, बिद्युतीय सवारीसहित धेरै इलोक्ट्रोनिक समानहरुमा प्रयोग हुनेछ, जो चार्जेबल बेटरी बनाउन अत्याधिक मात्रामा प्रयोग गरिदै आएको छ ।

 

भारतले यसका आयातका लागि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०–२१ मा मात्रै लिथियम आयन बेटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१–२२ मा मात्रै भारतले १३,८३८ करोड खर्च गरेर आयात गर्नु परेको थियो, जसमध्ये ८० प्रतिशत चिनवाट आयात गरिएको थियो ।

 

काश्मिरमा लिथियमको भण्डार भेटिए पछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा यसको महत्वपुर्ण योगदान रहने भारतीय अर्थशाष्त्रीहरुले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *