पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस ।

राजनीति समाचार

काठमाडौं, १ फागुन नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ ।

 

पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो ।

 

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यापर्ण गरेका थिए भने सहिद स्तम्भम शिर झुकाएर अभिबादन गरेका थिए ।  सो कार्यक्रमा माओवादीका उच्च नेताहरुको पनि उपस्थिति रहेको थियो ।

 

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *