भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा,बालाजु क्षेत्र तनावग्रस्त ।

समाचार

काठमाडौं, १ फागुन

यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।

यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।

यातायात मजदुरले आज बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका छन् । उनीहरूले प्रहरीका दुईवटा भ्यान पनि जलाएका छन् । सो क्षेत्र अहिले तनावग्रस्त छ ।

आन्दोलनका यातायात मजदुरमाथि हातपात समेत भएको विज्ञप्तिमा उल्लेख छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *