इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशंकित

बिदेश राजनीति समाचार

जेरुसलम, १३ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ ।

 

इजरायलका प्रधानमन्त्री  नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन ।

 

नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा यो जानकारी दिएका हुन्। यद्यपी उनले कहिले भ्रमणमा जाने हो ? त्यो भने खुलाएनन् ।

 

चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ । चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो ।

अमेरिकन निटक इजरायललाई चीनको यो राजकिय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *