टर्की भुकम्पः २२२ घन्टा पछी पनि एक महिलाको जिबितै उद्धार

बिदेश समाचार

इस्तानाबुल, ४ फागुन । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन ।

 

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबितै फेला पारेकाे उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएकाे  छ।

 

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घन्टा पछि उद्धारकर्ता भग्नावशेषवाट  फतमा गुन्गोरर लाई जिवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए।

 

त्यसपछि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *