बिरगंज ,६ पुस।
बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
शुक्रबार राति १२:४० मा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ( डिएसपी ) ध्रुव कुमार श्रेष्ठले जनाएका छन् ।
रू.४५ लाख ९६ हजार १ सय ४ बराबरको मुल्यांकन गरि औषधी तथा खुद्रा सामानहरू सहित ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी श्रेष्ठले जनाए ।
