पाँच वर्षीया बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्ध पक्राउ,बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक अदालत परिसरबाटै फरार

समाचार

 

सिरहा, ६ पुस । सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला बालिकालाई ललाइफकाई बलात्कार गरेको बालिकाका छिमेकीले जानकारी दिए। उनले घरका सवै मानिसहरू काम कामका गएका बेला बिहीबार अपरान्ह बालिकालाई ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बेलुकी अभिावक आएपछिमात्र घटनाबारे जानकारी भएको थियो।

घटना जानकारी पाए लगतै प्रहरीलाई खवर गरेका गरिएकोमा प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका निमित्त प्रमुख इन्सपेक्टर रामप्रसाद कापकोटाले जानकारी दिए।

प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

त्यस्तै , बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका युवक जिल्ला अदालत सिरहा अगाडीबाटै फरार भएको प्रहरीले जनाएको छ।

बाल यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका लहान २१ का ३६ वर्षीय छोटु सदाय मुसहर म्याद थपको लागि जिल्ला अदालत पुर्याएका बेला आज अपसान्ह सरकारी वकील कार्यालय अगाडीबाटै फरार भएका हुन्।

इलाका प्रहरी कायालय लहानले गाडीमा म्याद थपको लागि सरकारी वकील कार्यालय अगाडी पुर्‍याइ हतकडी खोलेर गाडीबाट ओराल्ने क्रममा भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए। फरार सदायको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *