रसीद आलम।बिरगंज ,फागुन ४ बिहीबार ।जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध सहित चार जना ब्यक्तिलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित रहेको डाँफे होटलमा तिन/चार जना संकित व्यक्तिहरू बसिरहेको भन्ने सूचना प्राप्त भई प्रहरी चौकी बसपार्कबाट गएको प्रहरी टोलीले चेक जाँच गर्दा प्लाष्टिक झोलामा लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध डाइजेपाम-५० एम्पुल, नुरफिन-५० एम्पुल, फेनारगन-५० एम्पुल गरी जम्मा १५० एम्पुल फेला परेको हुँदा उक्त लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन ।

पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी न पा वडा नं.८ बस्ने वर्ष १९ को राजु मन्सरी,सर्लाही लालबन्दी न पा वडा नं.७ बस्ने वर्ष २० को राजु राना मगर,सर्लाही लालबन्दी न पा वडा नं.८ बस्ने वर्ष १९ को बिशाल मोक्तान र धादिङ गजुरी न पा वडा न.२ बस्ने वर्ष २० को अजय तामाङ रहेका छन ।
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक गिरिले बताएका छन ।
