ट्रक र ट्याक्टर पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,फागुन ८।बिल बिजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामानहरू लोड रहेको एउटा ट्रक र ट्याक्टर पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका स्टेशनरी तथा खुद्रा सामानहरू बोकेको ट्रक र ट्याक्टर  वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको  सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७९।११।०५ गते  वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया  सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो।

उक्त ट्रक, ट्याक्टर र  सो भित्र लोड रहेको स्टेशनरी तथा खुद्रा सामानहरूको रू. ९२,४८,८२२– (बयान्वे लाख अड्चालीस हजार आठ सय बाईस) बराबरको मुल्यांकन गरि  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *