सवारी दुर्घटनामा बारामा एक जनाकाे मृत्यु

समाचार

बारा, २८ फागुन । बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

 

कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनियाका अन्दाजी २२ वर्षीय विकास कुमार साह घाईते भएका थिए ।

 

उनकाे  उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले  खोजी भईरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *