१७ करोड भन्दा बढीको कोकिनसहित भारतीय महिला पक्राउ

समाचार

काठमाडौं, १६ चैत

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेका छन् । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको व्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागू औषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए ।

उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *