पर्साका रमेश रिजाल सहित शपथ लिए नवनियुक्त मन्त्रीहरूले

राजनीति समाचार

काठमाडौं, १७ चैत । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अपरान्ह विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी र  प्रकाश ज्वाला भौतिक, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत र नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्रीको शपथ लिएका हुन् ।

यसअघि भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेका माओवादीका  नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *