उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने

राजनीति समाचार

काठमाडौं, १८ चैत

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् ।

 

उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए ।

 

“हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ,” उनले भने ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *