बिरगंजमा बेवारिसे अवस्थामा रहेको र पहिचान हुन नसकेको २वटा लास बरामद ।

समाचार

पर्सा ,बैशाख २।रसीद आलम।
बग्लाबेग्लै दुई ठाउँमा २ वटा बेवारिसे लास फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बैशाख १ गते विहान ८:०० बजेको समयमा  बिरगंज म.न.पा.वडा न.१५ प्रतिमाचोक  स्थित सडकखण्डमा अन्दाजी वर्ष ३५/४० को तराई वासी जस्तो देखिने पुरुष व्यक्ति मृत शव फेला परेको  र निजको हाल सम्म सनाख्त हुन नसकेको हुँदा निज व्यक्तिलाई चिन्नु हुने जो कसैले जिल्ला प्रहरी कार्यालय पर्सामा  वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन पर्सा प्रहरीले  अनुरोध गरेको छ ।

त्यस्तै गरि चैत २९ गते साँझ ८:३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चोक स्थित सडकखण्डमा अन्दाजी वर्ष ३०/३२ को तराई वासी जस्तो देखिने पुरुष व्यक्ति मृत शव फेला परेको प्रहरीले जनाएको छ।

निजको हाल सम्म सनाख्त हुन नसकेको हुँदा निज व्यक्तिलाई चिन्नु हुनेले जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अथवा सम्पर्क नं.९८५५०९०१३२, ९८५५०९०३२९ मा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको  छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *