विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

बिदेश राजनीति समाचार

काठमाडौं ,१ पुष। मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्।

उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए पनि राम्रो हुने उनको धारणा थियो। ‘परापूर्व कालमा घरेलु दवाइबाट उपचार गरिन्थ्यो। हाम्रो उमेर समूहका सबै मान्छेले प्राय घरेलु उपचार गर्नु भएको छ। हामीले घरेलु औषधि खाएका पनि छौं। तर, आजभोली हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ। आयुर्वेदिक औषधीको सेवनले विरामी निको हुन समय लाग्छ। तर, रोग निर्मुल हुन्छ। त्यसका लागि धैर्यता चाहिन्छ,’ उनले भने।

क्याप्टेन लामाले आर्युवेद उपचार पद्धति निकै लामो भएको बताए। यो उपचार विधि अपनाउन र विकल्पका रुपमा नराख्न उनको सुझाव छ।

नेपाल एयरलायन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्याममा ध्यान दिने गरेको र अरुलाई पनि त्यस्तै गर्न सुझाएका छन्।

त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई दिन उनी सुझाउँछन्। क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सधैँ डटेर उपचारमा जुट्न उनको आग्रह छ।

डाक्टर पौडेलले हस्पिटलमा एक सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी दिए। नयाँ र व्यवस्थित भवनमा उचित सुविधासहित न्यून मूल्यमा उपचार सेवा प्रदान गरिने उनले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *