गाईपालनमा सफलता प्राप्त किसानलाई प्रधानमन्त्रीको बधाई

समाचार

काठमाडौं,२६ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका किसान चेतप्रसाद ढकाललाई गाईपालनमा हासिल गरेको सफलताका लागि बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभ बिहानको सन्देश दिँदै अनलाइनखबरमा प्रकाशित ढकालको सफलता सम्बन्धी समाचार पढेको उल्लेख गरेका छन्। असार १० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट १४ जना किसानसँगै ढकालले पनि पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले उनको मेहनत र उपलब्धिको प्रशंसा गरेका हुन्।

समाचार अनुसार ढकालले ६ वटा गोठमा १६० वटा गाई पाल्दै दैनिक ८०० देखि १ हजार ४०० लिटरसम्म दूध बिक्री गर्दै आएका छन्। प्रधानमन्त्री ओलीले यस्ता सफलताका कथाले प्रेरणा दिने बताए।

उनले सामाजिक सञ्जालमा देखिने नकारात्मक सामग्रीले राम्रो उदाहरण र उपलब्धिहरूलाई ओझेल पार्ने गरेको भन्दै चेतावनीसमेत दिएका छन्।
“हामी जे सुन्छौं, हेर्छौं र गर्छौं, हामी पनि त्यस्तै बन्छौं,” प्रधानमन्त्रीले लेखेका छन्। “चेतप्रसाद ढकाललाई बधाई! सबैको जय होस्!”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *