बारामा मदिरा बिक्री वितरणमा बन्द

समाचार

 

बारा, ६ वैशाख । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते सम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्नमा रोक लगाएको हो ।

मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले मदिरा बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रुपमा बन्द गरिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डले जानकारी दिए ।

उनले भने, ‘चुनावको समयमा मदिरा बिक्रि बितरण तथा सेवनले बिभिन्न किसिमका झै झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले मदिरा बिक्रि बितरणको कार्य बन्द गरेका हौ ।’

त्यस्तै मदिरा बिक्री वितरण गरेमा वा मदिरा खायर कसैले र्सावजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गर्न र कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *