बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

बिदेश समाचार

काठमाडौं, २३ वैशाख

बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो ।

उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए ।

राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो ।

कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *