सशस्त्र प्रहरी बल महोत्तरीद्वारा चौरी गाईको पुच्छर सहित चारजना ब्यक्तिहरु पक्राउ ।

समाचार

रसीद आलम,२७ बैशाख ।

सशस्त्र प्रहरी बल महोत्तरीले ५६६ थान चौरी गाईको पुच्छर सहित ४ जना मानिसहरुलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार आज बिहान ९:२० को समयमा बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गणको टोलीले जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ३ स्थित मलिवाडा वसपार्कमा अवैध रुपमा लुकाई छुपाई प्रदेश २-०३-००१ ख. १२१५ नम्वरको सावित्रि डिलक्स रात्रि वसबाट ठेलामा राख्ने क्रममा उक्त परिमाणमा चौरी गाईको पुच्छर बरामद गरेको हो।

सो पक्राउ परेको चौरी गाईको पुच्छर ५६६ वटाको मुल्य रु.२८ लाख ३० हजार बरावर पर्ने आशंका गरिएको हो।

पक्राउ पर्नेहरूमा महोत्तरी जलेश्वर न.पा.३ मलिवडा बस्ने बर्ष १३ को बिकाश कुमार महतो,  धादिङ्ग गजुरी गा.पा. ८ बस्ने बर्ष ३६ को उमेश बहादुर बस्नेत, बारा सिमरा न.पा. १ बस्ने ६० को सुमन मानन्धर र धनुषा हसपुर न.पा. ४ बस्ने  बर्ष ३७ को मोहमद अजिन रहेका छन् ।

नियन्त्रणमा लिईएको निजहरुलाई  सशस्त्र वन सुरक्षा शाखा माईस्थान बर्दिबास महोत्तरीमा  बुझाईएको तथा उक्त सम्बन्धमा थप संलग्न व्यक्तिहरुको खोजीकार्यका साथै थप अनुसन्धान समेत भईरहेको सशस्त्र प्रहरी बल नेपाल न.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनी पति डिआईजी दिपेन्द्र शाहले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *