श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ तथा अबैध लागु औषध गाँजा सहित भारतीय मोटरसाईकल सशस्त्र प्रहरी बलद्वारा पक्राउ ।

समाचार

सर्लाही ,३१बैशाख ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते सशस्त्र प्रहरीले  श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा ) ले नियन्त्रणमा लिएको   हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाईकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाईकल आज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजादै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाईकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए ।

नियन्त्रणमा लिएको गाँजा र मोटरसाईकल आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *