रसीद आलम,बारा ,जेठ ४ बिहिबार।
ईलाका प्रहरी कार्यालय प्रसौनीले घरेलु मदिरा १५० लिटर नष्ट गरेको जनाएको छ।
बिभिन्न मिति समयमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले बिभिन्न स्थानबाट वेवारिसे अवस्थामा तथा सवारी चेकजाच गर्ने क्रममा १५० लिटर घरेलु तयारि मदिरा बरामद गरि नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिनोद बोहराले जनाएका छन् ।
उक्त अबैध मदिरा स्थानिय जन प्रतिनिधी , भद्र भलादमी तथा संचारकर्मी समेतको रोहवरमा आज बिहान ११:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको पुर्व पट्टी रहेको सिंघहा खोलाको छेउमा खनियाई उक्त अबैध घरेलु मदिरा नष्ट गरिएको बारा प्रहरीले जनाएको छ।