अधिवक्ता मेराज मियाँको अध्यक्षतामा सत्मार्ग फाउन्डेसन बिरगंज कार्यसमिति गठन।

समाचार

पर्सा ,१२ जेठ ।
कानुन व्यवसायमा आफ्नो एक् अलग्गै पहिचान बनाउन सफल भएका एक पर्सेली अधिवक्ता मेराज मियाँको नेतृत्वमा सत्मार्ग फाउन्डेसनको पर्सा जिल्ला कार्यसमिति सफलतापुर्वक गठन भएको छ ।

फाउन्डेसनका केन्द्रीय अध्यक्ष तबरेज आलमको विशेष उपस्थितिमा बिहीबार पर्सा जिल्ला कार्यसमिति चयन गरिएको हो । अध्यक्षमा मेराज मियाँ सँगै फाउन्डेसनको पर्सा जिल्ला उपाध्यक्षमा वसीम अख्तर अन्सारी, सचिवमा सुनिल यादव, कोषाध्यक्षमा ज्ञानचन्द्र साह सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको सत्मार्ग फाउन्डेसन बिरगंजले जनाएको छ ।

काठमाडौको तिनकुनेमा मुख्यालय रहेको सत्मार्ग फाउन्डेसन विशेषगरि मधेस प्रदेशमा शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *