बिरगंजमा अनलाइन मार्फत आईपिएल सट्टावाजी गर्ने ४ जना मानिसहरु पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,११ जेठ ।

बिरगंजमा अनलाइन(Online)मार्फत आईपिएल( IPL- 2023 )सट्टावाजी गर्ने ४ जना मानिसहरुलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार जेठ १० मा ११:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा Online मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी गरिरहेको अवस्थामा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त घरको खानतलासी गर्दा  सट्टाबाजीमा प्रयोग भएको  मोबाईलहरू, ल्यापटप तथा नेपाली नगद रू.३,९०,५००।– ( तिन लाख नवे हजार पाँच सय ) र भारतीय नगद रू. १५,७५०।– ( पन्ध्र हजार सात सय पचास ) र खेलको Live हेर्न प्रयोग भएको Idea Company को ३२ inch LED TV समेत बरामद गरि चार जना ब्यक्तिहरुलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ पर्नेहरूमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३१ को सरोज साह ,जिल्ला सर्लाही रामनगर गा.पा.वडा नं.६ बस्ने वर्ष ३५ को सन्तोष कुमार यादव ,जिल्ला पर्सा वी.म.न.पा.वडा नं.२४ बस्ने वर्ष ३४ को धुरेन्द्र प्र.यादव र भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने वर्ष ५२ को मुन्ना भन्ने धर्मनाथ प्र.जैसवाल रहेका छन् ।

निजहरू विरुद्द Online सट्टाबाजी सम्बन्धी कसूरमा आज जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी  थप अनुसन्धान कार्य भैरहेको डिएसपी गिरिले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *