अयोध्या राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन रौतहट, बारा, पर्सामा मासु मदिरा माथि प्रतिबन्ध

समाचार

 

 

बिरगंज , ४ माघ। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ तारिक अर्थात यही माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ ।

 

राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभई पुरै संसारको लागी चासोको बिषय बनेको छ। राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका ठूला उद्योगी व्यापारी घराना देखि बलिउडका ठूला कलाकारहरुले स्वेच्छाले करोडौं चन्दा दिएका छन्।

 

त्यतिमात्र नभई भारतका ठुला ठुला सेलिब्रिटीहरु अहिले अयोध्या केन्द्रित भएकाले संसारमै चर्चा र चासोको बिषय बनेको छ। अहिले भारतका अधिकांस राष्ट्रीय मिडियाहरु पनि अयोध्या केन्द्रित भएकाले सिंगो भारत राममय बनेको छ।

पछिल्लो एकसाता देखि भारतीय मीडिया र सामाजिक सञ्जाल रामको भजनले भरिभराउ छ। भारत र नेपाल बीच सदियौं देखि चलेको रोटी बेटीको सम्बन्धको प्रभाव पनि त्यतिकै परेको देखिन्छ। धार्मिक आस्था र विश्वासले मिडिया र सामाजिक सञ्जालको प्रभाव मधेश प्रदेशमा पनि उतिकै परेको छ।

 

अयोध्यामा हुने प्राण प्रतिष्ठाको दिन प्रदेशको गाउँ गाउँमा बिभिन्न प्रकारको यज्ञको तयारी सुरु भएको छ। साधु सन्त, जनप्रतिनिधि, गाउँका अगुवा, संघ संस्था लगायतको अगुवाईमा कतै हुनुमान आराधना , हनुमान चालिसा पाठ, रामधुन लगायत उक्त दिन धार्मिक अनुष्ठानको तयारी सुरु भएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताएका छन।

 

भगवान रामको ससुराली पनि जनकपुर भएकाले हामी माता सीताको माईती पक्ष भएको कारण अयोध्यामा राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको दिन हामीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनीहरूको तर्क रहेको छ।

जनवरी २२ त्यही दिन अर्थात माघ ८ गते वीरगञ्जमा पनि रामजानकी मन्दिरमा प्राणप्रतिष्ठाको तयारी गरिएको छ । मन्दिर पुनर्निर्माण भइरहेको छ ।पकनवनिर्मित रामजानकी मन्दिर वीरगञ्जमा हिन्दू धर्ममा आस्था राख्नेको मात्र नभएर सबैको साझा धरोहर बनाउने काममा वीरगञ्ज महानगरको नेतृत्वमा आएका नगर प्रमुख राजेशमान सिंहले अगुवाईमा भई रहेको छ ।
उक्त दिन महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न महानगरले अनुरोध गरेको छ । अटेर गरी त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्ने समेत महानगरको चेतावनी छ ।

 

उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरणलगायतका कार्यहरु नगरिदिन सूचना मार्फत सबै सरोकारवाला लाई अनुरोध गरिएको छ।

त्यसैगरी रौतहटको सदरमुकाम गौर, बाराको सदरमुकाम कलैया सहित कैयौं नगरपालिकाले छुटाछुटै सूचना जारिगर्दै जनवरी २२ अर्थात माघ ८ गते सोमवारका दिन आआफ्नो नगरक्षेत्र भित्र बिभिन्न देवी देवताको प्राण प्रतिष्ठा , पूजा ,हुने भएकाले जीवजन्तु हत्या,मासु,माछा, मदिरा बिक्री बितरण माथि रोक लगाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *