बारा सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिँदा दुईजनाको मृत्यु, छ जना घाइते

समाचार

बारा, असोज २५ ।
जिल्ला बारा सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा शनिबार बिहान माटोको ढिस्कोमा पुरिँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

बारा प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बिहान करिब ८:५० बजे घटना भएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बेश सिम्रौनगढबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो।

उनीहरूले माटोले पुरिएका सबै ६ जनालाई उद्दार गरी उपचारका लागि अस्पताल पठाएका थिए।

प्रहरीका अनुसार माटोको ढिस्कोमा पुरिएर ७० वर्षीया शारदा देवी महतो (पत्नी दशरथ महतो, सानो इटवाल–६) लाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। साथै, १५ वर्षीय सुनिल महतो (छोरा राजेश्वर महतो, सानो इटवाल–५) लाई कलैया मेट्रो अस्पतालमा चिकित्सकले मृत घोषित गरेका छन्।

घाइते हुनेहरूमा —

  • १४ वर्षीय साजन महतो (बिश्वनाथ महतोका छोरा, सानो इटवाल–६), सिम्रौनगढ कंकाली अस्पतालमा उपचाररत, हातखुट्टामा चोट, अवस्था सामान्य।
  • १५ वर्षीय नितेश महतो (राज किशोर महतोका छोरा, सानो इटवाल–५), कंकाली अस्पतालमा उपचाररत, टाउको र हातखुट्टामा चोट, अवस्था सामान्य।
  • १८ वर्षीय गौतम मुखिया (सन्तोष मुखियाका छोरा, अमरपुर–६), प्रादेशिक अस्पताल कलैयामा उपचाररत, हातखुट्टामा चोट, अवस्था सामान्य।
  • १४ वर्षीया रानी कुमारी महतो (बृजकिशोर महतोकी छोरी, सानो इटवाल–५), कंकाली अस्पतालमा उपचाररत, बायाँ हात भाँचिएको, अवस्था मध्यम।
  • १४ वर्षीया सुशिला कुमारी महतो (लक्ष्मी महतोकी छोरी, सानो इटवाल–५), धर्मनगर अस्पताल सिम्रौनगढमा उपचाररत, हातखुट्टामा चोट, अवस्था सामान्य।
  • १५ वर्षीय राजा बाबु शर्मा (प्रभु शर्माका छोरा, सानो इटवाल–५), धर्मनगर अस्पतालमा उपचाररत, ढाड र कम्मरमा चोट, अवस्था सामान्य।

घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *