राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपुर्ति

समाचार

काठमाडौं, २१ चैत । राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन ।

 

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको हो । गृह मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

 

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको निधन भएको थियो ।

 

सविनको मंगलबार नै दाहसंस्कार गरिसकिएको छ भने रजकको बुधबार दाहसंस्कार भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *